+
+
Shares

चुरे दोहनविरुद्ध प्रदर्शन गर्ने नेविसंघका ९ जना नेता गोंगबुबाट पक्राउ

चन्द्र आले चन्द्र आले
२०७८ जेठ २३ गते १५:५४

२३ जेठ, काठमाडौं । चुरे दोहन विरुद्ध प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघका ९ जना नेता तथा कार्यकर्ताहरु काठमाडौ‌को गोंगबुबाट पक्राउ परेका छन् । सरकारले ल्‍याएको चुरे नीति गलत भएको भन्‍दै प्रदर्शन गरिरहेका नेविसंघका नेता तथा कार्यकर्तालाई  प्रहरीले गोंगबु चोकबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेविसंघका महामन्त्री दीपक भट्टराईसहित परोपकार अधिकारी, किशोर गुरुङ, धर्मराज शाही , सुमन थापा मगर, दीपेन्द्र ढकाल, हिक्मत शाही, सुदर्शन पनेरू रहेका छन् ।

चुरे दोहन, उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको बहुल राष्ट्रिय राज्यबारेको अभिव्यक्ति र पेट्रोलियम पदार्थमा भएको मूल्‍यवृद्धि विरुद्ध प्रदर्शन गरेको संघका महामन्त्री दीपक भट्टराईले बताए । उनले भने, ‘ ‘चुरेको गिट्टी, प्रभूलाई भेटी’, ‘चुरे बचाऔं, संस्कृति जोगाऔं’ लगायतको पम्प्लेट देखाएर प्रदर्शन गर्दा प्रहरीले हामीलाई पक्राउ गर्‍यो ।’

उनीहरुलाई अहिले महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?