Comments Add Comment

आँपको भाउ होलसेलमा भन्दा खुद्रामा किलोमै ७० रुपैयाँ महँगो

२३ जेठ, काठमाडौं । आँपको सिजन सुरु भएसँगै काठमाडौंसहित देशका प्रमुख बजारमा यसको बिक्री बढेको छ । जेठ तेस्रो साताबाट नेपाली बगैँचाका आँप काठमाडौं भित्रिन थालेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

काठमाडौंका बजारमा सिरहा, सप्तरी लगायतका जिल्लामा उत्पादित मालदह, दशहरी, बम्बै, कालकत्ते, काली र चौसा आँप धेरै पाइन्छ । तीमध्ये दशहरी आँप भने महंगो छ । काठमाडौंको कुलेश्वरस्थित फलफूल बजार र कालीमाटीस्थित फलफूलको स्टलमा आँपको होलसेल मूल्य प्रतिकिलो ८० रुपैयाँसम्म रहेको कालीमाटी फलफूत तथा तरकारी बजार विकास संस्थाका अध्यक्ष गीताआचार्यले बताए ।

बजारमा मालदह आँप ७० रुपैयाँ, बम्बै ७५ र दशहरी ८० रुपैयाँ प्रतिकिलोमा थोक बिक्री भइरहेको अध्यक्ष आचार्यले बताए । तर कालीमाटी बजार व्यवस्थापन गर्ने सरकारी निकाय फलफूल तथा तरकारी बजार विकास समितिले सबै खाले आँपको थोक मूल्य १२० रुपैयाँ प्रतिकिलो रहेको आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।

प्रदेश २ आँपको पकेट क्षेत्र

देशभरका २४ जिल्लामा व्यवसायिक आँप खेती हुने गरेको भएपनि प्रदेश दुईका ८ जिल्ला आँप उत्पादनका लागि मुख्य क्षेत्र हो । राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार प्रदेश २ को सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा पर्सा र रौतहटमा बढी मात्रामा आँप फल्नेछ ।

नेपालको कुल फलफूल खेती हुने क्षेत्रफलको ३२ प्रतिशत भू-भाग आँप खेतीले ओगटेको छ । आर्थिक वर्ष ७६-७७ मा नेपालभर ४९ हजार ५८८ हेक्टर क्षेत्रफलमा तीन लाख ६६ हजार १४४ मेट्रिक टन आँप उत्पादन भएको थियो । अगौटे, मझौला र हाइब्रिड गरेर नेपालमा १५ प्रजातिको आँप उत्पादन हुने केन्द्रको विवरणमा उल्लेख छ ।

थोक भन्दा खुद्रामा प्रतिकिलो ७० रुपैयाँ महँगो

कालीमटी फलफूल तथा तरकारी बजार विकस समितिको आधिकारिक ग्राहक सूचना पोर्टलमा आइतबार आँपको थोक मूल्य प्रतिकिलो १२० रुपैयाँ तोकिएको छ । मालदह, चोसा, दशहरी र कलकत्ते आँपको होलसेल थोक मूल्य न्यूनतम प्रतिकिलो १२० र अधितम १५० रुपैयाँ रहेको उल्लेख छ । तर, औसत खुद्रा मूल्य भने १२५ देखि १३५ रुपैयाँ रहेको सरकारी सूचना पोर्टलमा जनाइएको छ ।

जबकी काठमाडौंको किराना तथा फलफूल पसलमा आँपको खुद्रा मूल्य न्युनतम १५० रुपैयाँ बाट सुरु हुन्छ । व्यवसायी गीता आचार्य आँपको थोक र खुद्रा मूल्य अहिले झण्डै दोब्बर रहेको स्वीकार गर्छन् । ‘थोकमा अहिले अधितम मूल्य ८० रुपैयाँ प्रतिकिलो हो तर बजारमा १५० रुपैयाँबाट माथि पर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment