+
+
Shares

सिजन सकिन लागेसँगै महँगियो आँप

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २२ गते ११:३४

२२ असार, काठमाडौं । सिजन सकिन लागेसँगै बजारमा आँपको मूल्य ह्वात्तै बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार आँपको मूल्य बढेको देखाएको हो ।

कालीमाटी बजारमा अहिले मालदह, दसहरी लगायत आँप किन्न पाइन्छ । आज मालदह आँप प्रतिकिलो थोकमा औसत ५५ रुपैयाँ बढेको छ । यस्तै दसहरी आँप प्रतिकिलो थोकमा ४५ रुपैयाँ बढेको छ ।

हिजो आइतबार मालदह आँप प्रतिकिलो थोकमा औसत ९५ रुपैयाँमा किनबेच भएको थियो । आज भने मालदह आँप प्रतिकिलो थोकमै १ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै दसहरी आँप आज प्रतिकिलो थोकमा औसत १ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो भने उक्त आँप प्रतिकिलो थोकमा १ सय १५ रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै असार पहिलो साता मालदह आँप प्रतिकिलो औसतमा ८० देखि ९० र दसहरी आँप १ सयदेखि १ सय १० रुपैयाँसम्म किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?