+
+
Shares

नारायणी अस्पतालमा ३० बेडको बाल सघन चिकित्सा कक्ष

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २३ गते १९:३१

२३ जेठ, वीरगञ्ज । विज्ञहरुले कोरोना महामारीको तेस्रो लहर आउने चेतावनी दिइरहेका बेला वीरगञ्जको नारायणी अस्पतालले कोरोना संक्रमित बालबालिकाको उपचारका लागि सुविधा सम्पन्न सघन चिकित्सा कक्ष निर्माण गरेको छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघले ३० बेडको पीआईसियु कक्ष तयार गरी नारायणी अस्पताललाई हस्तान्तरण गरेको हो । संघका अध्यक्ष सुबोध गुप्ता र पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले पीआईसीयु कक्ष, अस्पतालका निमित्त मेसु डा. वीरेन्द्र प्रधानलाई हस्तान्तरण गरेका छन् ।

नारायणी अस्पतालमा १२ दिनको अवधिमा २५ लाख रुपैयाँ लागतमा बाल सघन चिकित्सा इकाइ निर्माण गरिएको अध्यक्ष गुप्ताले बताए । ‘निजी अस्पतालमा उपचारमा लाग्ने खर्च आम सर्वसाधारणले बेहोर्न सक्दैनन् । गरिब, विपन्नको उपचार गर्ने थलो भनेको नारायणी अस्पताल नै हो’ उनले भने, ‘त्यसैलाई मध्यनजर गरेर बाल उपचार कक्ष बनाएका हौं, भविष्यमा जटिल अवस्थाका बिरामी बालबालिका आएपनि उपचारका लागि निजी अस्पताल जान पर्दैन भन्ने विश्वास लिएका छौं ।’

उक्त उपचार कक्षमा अक्सिजन पाइपलाइन जडान गर्ने लगायत बाँकी काम संघीय सरकारले गराउने अध्यक्ष गुप्ताले बताए । नारायणी अस्पतालका निमित्त मेसु डा. प्रधानले एनेस्थेसिया, पेड्रियाट्रिकको टोलीसँग छलफल पछि कसरी उपयोगमा ल्याउने भन्नेबारे निर्णय गरिने बताए ।

उनले भने ‘कोरोनाको तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने भनिएको छ, त्यसैका लागि पूर्व तयारी गरेका छौं । आवश्यक समान जोडेर राख्छौं । जरुरी पर्दा आवश्यकता अनुसार उपयोग गर्छौं ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?