+
+

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २४ गते १३:०४

२४ जेठ, नवलपरासी (पूर्व)। देवचुली नगरपालिका-२ हमालचोकस्थित सडकमा ना.१ क ३९५३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्‍यु भएको छ ।

हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

ट्रक चालकलाई नियन्त्रणमा लिइ यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?