+
+
Shares

माधव नेपाल र देउवासँग प्रचण्डको भेट

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २४ गते १३:२६

२४ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका नेता माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।

सोमबार दिउँसो सवा ११ बजे माधवकुमार नेपाललाई उनकै कोटेश्वरमा भेटेलगत्तै प्रचण्ड देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका उनी निकट स्रोतले जनाएको छ । उनले नेता नेपालसँग करिब १० मिनेट र देउवासँग करिब २० मिनेट कुराकानी गरेको स्रोतको भनाइ छ ।

नेताहरुबीच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । तर समसामयिक राजनीति र सर्वोच्च अदालतमा विचाराधीन संसद विघटनको मुद्दाबारे छलफल गरेको स्रोतको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?