२४ जेठ, काठमाडौं । सामाजिक सञ्जाल वाट्सएप, इमोमार्फत चिठ्ठा परेको भन्दै पीडितहरुबाट २ लाख १० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले वीरगञ्जबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१८ का नीरजकुमार सिंह छन् ।
उनले वाट्सएप, इमोमार्फत २५ लाखको चिठ्ठा परेको र त्यसका लागि कर दिनुपर्छ भन्दै पीडितहरुबाट विभिन्न व्यक्तिको नाममा रहेको बैंक खाता तथा मोबाइल वालेटमा रकम जम्मा गर्न लगाई ठगेको पाइएको प्रहरीको भनाइ छ ।
पक्राउ परेको सिंहमाथि ठगी कसूरमा आवश्यक कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4