+
+
Shares

कुन–कुन अस्पतालले पाए भेन्टिलेटर ?

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २५ गते १९:५२

२५ जेठ, काठमाडौं । सरकारले मित्रराष्ट्र तथा दातृनिकायले सहयोग गरेको स्वास्थ्य सामग्री कोरोना प्रभावित जिल्लाका स्वास्थ्य संस्थाहरुमा वितरण गरेको छ ।

स्वास्थ्य सेवा विभागको आपूर्ति महाशाखाका प्रमुख डा. भीम सिंह तिंकरीले आवश्यकताको मूल्यांकन गरेर सहयोगमा उपलब्ध भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिण्डर तथा एन्टिजेन किट विभिन्न जिल्लाका स्वास्थ्यसंस्थाहरुमा पठाएको बताए ।

‘कोरोना बढी संक्रमित उपचार भइरहेका जिल्ला अस्पताल तथा स्वास्थ्य केन्द्रहरुलाई प्राथमिकताको आधारमा प्राप्त स्वास्थ्य सामग्री पठाएका छौं’ उनले भने ।

उनका अनुसार कोभिड–१९ का बिरामीको उपचार गरिरहेका ३४ वटा अस्पतालका लागि ९५ वटा भेन्टिलेटर वितरण गरिएको हो । वीर अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ११÷११ वटा भेन्टिलेटर पाएको छ ।

बाँकेको भेरी अस्पताल, वीरगञ्जको नारायणी अस्पताल र काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताललाई ५/५ थान भेन्टिलेटर उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । ४ वटा भेन्टिलेटर पाउनेमा सशस्त्र प्रहरी (एपीएफ) अस्पताल र धुलिखेल अस्पताल छन् ।

तीन वटा भेन्टिलेटर पाउनेमा सेती अस्पताल, पाटन अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, महाकाली अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पताल छन् ।

दुई थान भेन्टिलेटर पाउनेमा सैनिक अस्पताल, राप्ती प्रादेशिक अस्पताल, प्रादेशिक अस्पताल जनकपुर, प्रादेशिक हेल्थ लजेस्टिक सेन्टर बुटवल, लुम्बिनी प्रादेशिक अस्पताल, कोसी अस्पताल, वीपी कोइराला क्यान्सर अस्पताल, धौलागिरि अस्पताल, भक्तपुर अस्पताल, भक्तपुर सेन्टर अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् ।

एक थान भेन्टिलेटर पाउनेमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रादेशिक अस्पताल, पृथ्वीचन्द्र अस्पताल (नवलपरासी), पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थय विज्ञान प्रतिष्ठान, मेची अस्पताल, प्रादेशिक अस्पताल कर्णाली प्रदेश (सुर्खेत), कान्ति बाल अस्पताल र डडेलधुरा अस्पताल छन् ।

यसैगरी देशभरका अति आवश्यकीय अस्पताल तथा स्वास्थ्य संस्थामाका लागि ९७० थान अक्सिजन कन्सन्ट्रेटर, ५२१४ थान खाली अक्सिजन सिलिण्डर, ३२९ थान भरी सिलिण्डर र १६ लाख १९ हजार ७२५ थान एन्टिजेन किट पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?