Comments Add Comment

टोकियो ओलम्पिकमा २९ शरणार्थी खेलाडी छनोट, १२ खेलमा प्रतिस्पर्धा गर्ने

२६ जेठ, काठमाडौं । आगामी जुलाई-अगष्टमा जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा २९ शरणार्थी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

यस पटक गृष्मकालिक ओलम्पिका लागि शरणार्थी जीवन बिताइरहेका २९ खेलाडी छनोट भएका हुन् । ओलम्पिक जुलाई २३ देखि अगष्ट ८ सम्म हुनेछ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले टोकियो ओलम्पिकमा २९ शरणार्थी खेलाडीले खेल्ने पुष्टि गरेको छ । उनीहरुले विभिन्न १२ खेलमा प्रतिस्पर्धा गर्नेछन् । उनीहरुले ओलम्पिकको झण्डामुनि रहेर उनीहरुले प्रतिस्पर्धा गर्ने छन् ।

रिफ्युजी एथलेट प्रोग्रामका लागि आईसीसीको स्कलरसिपअन्तर्गत रहेका खेलाडीबाट शरणार्थी खेलाडी छनोट गरिएको आईओसीले जनाएको छ । उनीहरुले विश्वभर यसमार्फत बलियो सन्देश दिने समेत आईओसीको विश्वास छ ।

२९ खेलाडी मंगलबार भर्चुअल सेरेमोनीमार्फत पहिलो पटक भेटेका थिए र आईओसीका अध्यक्ष थोमस बाकले आधिकारिक रुपमा खेलाडीको सूची सार्वजनिक गरेका थिए ।

शरणार्थी खेलाडीहरु सिरिया, इरान, दक्षिण सुडान, अफगानिस्तान, क्यामरुन, भेनेजुएला र इरिट्रियाबाट आएका खेलाडीहरु छन् ।

यसअघि सन् २०१६ मा ब्राजिलमा आयोजना भएको रियो ओलम्पिकमा पहिलो पटम शरणार्ती खेलाडी समावेश गरिएको थियो र त्यहाँ १० शरणार्थी खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment