
फाइल तस्वीर
२६ जेठ, काठमाडौं । अफगानिस्तानको उत्तरी क्षेत्रमा सडकमा राखिएको ‘माइन बम’ हटाउने टोलीमाथि तालिबानले गरेको आक्रमणमा १० जनाको मृत्यु भएको छ । प्रहरीले बुधबार दिएको जानकारीअनुसार बाघलान प्रान्तमा आफ्नो शिविरमा बसिरहेको टोलीमाथि तालिबानले आक्रमण गरेको हो । घटनामा अन्य १४ जना घाइते भएका छन् ।
प्रान्तीय प्रहरी प्रवक्ता जावेद बसरातका अनुसार तालिबान लडाकूले उनीहरु सबैलाई एउटै कोठामा लगेर गोली हानेका हुन् । उनीहरु अफगानिस्तानको सबैभन्दा ठूलो बम डिस्पोजल गर्ने संस्था हलो ट्रस्टमा कार्यरत थिए ।
अमेरिकाले आगामी सेप्टेम्बर ११ बाट आफ्ना सबै सैनिक फिर्ता गर्ने निर्णय गरेसँगै अफगानिस्तानमा हिंसाका घटना बढेका छन् । अफगानिस्तानका ३४ मध्ये २६ प्रान्तमा तालिबानले सरकारसँग युद्ध गरिरहेको छ । मंगलबारको आक्रमणको विषयमा भने तालिबानले कुनै प्रतिक्रिया दिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4