+
+

विराटनगर अस्पतालमा मोडुलर आईसीयू

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २६ गते १६:३१

२६ जेठ, विराटनगर । विराटनगर अस्पताल (विराट नर्सिङ होम)ले १४ बेडको मोडुलर आईसीयू र ११ बेडको न्यूरो सर्जिकल आईसीयू सुरु गरेको छ ।

बुधबार प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले अस्पतालको आईसीयू उद्घाटन गरे । मोडुलर आईसीयूमा संक्रमणको दर अत्यन्तै कम हुने बताइएको छ ।

मोडुलर आईसीयूमा भर्ना भएका बिरामीका आफन्तले घरबाटै बिरामीलाई हेर्न सक्नेछन् । मोडुलर आईसीयूमा घरबाटै हेर्न सक्ने गरी कम्प्युटराइज्ड प्रविधिको व्यवस्था गरिएको अस्पतालका इन्चार्ज डा. ललित राजवंशीले जानकारी दिए ।

विराटनगर अस्पतालमा विभिन्न विभागका १०२ बेड आईसीयू छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?