+
+
Shares

कोरोना खोपमा सहजीकरण गरिदिन भारतलाई परराष्ट्रमन्त्रीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २६ गते १८:२१
फाइल तस्वीर

२६ जेठ, काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री रघुवीर महासेठले भारतलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ल्याउन सहजीकरणका लागि आग्रह गरेका छन् ।

बुधबार नेपालका लागि भारतीय राजदूत श्रीविनयमोहन क्वात्रासँगको भेटमा परराष्ट्रमन्त्री महासेठले यस्तो आग्रह गरेका हुन् ।

भेटमा भारतीय राजदूत क्वात्राले महासेठलाई परराष्ट्रमन्त्री बनेकोमा भारतीय विदेशमन्त्री एस जयशंकरको बधाई सन्देश सुनाएका थिए । परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार भेटघाटको क्रममा खोप आपूर्तिसहित विभिन्न आपसी हितबारे छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?