Comments Add Comment

प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, कांग्रेसका तीन मन्त्रीले लिए सपथ

२६ जेठ, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । दलहरुबीच भागवण्डा मिलाउन मन्त्रालय फुटाएर १० पुर्‍याएका उनले कांग्रेसका तीन मन्त्री नियुक्त गरेका हुन् ।

कांग्रेसको तर्फबाट संसदीय दलका नेता रामसरोज यादव भौतिक पूर्वाधार यातायात, ओमप्रकाश शर्मा उर्जा तथा खानेपानी र वीरेन्द्र सिंह महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री बनेका छन् । नवनियुक्त मन्त्रीहरुले बुधबार नै प्रदेश प्रमुख राजेश झा समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।

नवनियुक्त मन्त्रीहरुमध्ये यादव धनुषा क्षेत्र नम्बर ३ को १ बाट, सिंह सर्लाही क्षेत्र नबर ४ को १ बाट प्रत्यक्ष निर्वाचित भएका हुन् भने शर्मा पर्साका समानुपातिक सांसद हुन् ।

बुधबार दिउँसो मात्र जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्ष र कांग्रेसबीच दुईबुँदे सहमति भएको थियो । लोकतन्त्र, संघीयता, समावेशी समानुपातिक र प्रादेशिक अधिकारको संरक्षण र सम्बर्द्धन तथा सुदृढिकरण गर्न लालबाबु राउत नेतृत्वको सरकारमा सहभागी हुने र प्रादेशिक आवश्यकता र विज्ञहरुको रायसहित मन्त्रिपरिषद्को संरचना र कार्यविभाजनलाई अझ वैज्ञानिक बनाइ मन्त्रिपरिषद् थपघट गर्न सकिने सहमतिमा उल्लेख छ ।

मुख्यमन्त्री राउतले नेकपा माओवादी केन्द्रलाई पनि सरकारमा ल्याउने तयारी गरेका छन् । उसलाई २ वटा मन्त्रालय दिने भनिएपनि मन्त्रालयको टँुगो लागिसकेको छैन् ।

माओवादीलाई पनि बुधबारै सरकारमा सहभागी गराउने योजना भएपनि सम्भव हुन नसकेको नेताहरुले बताएका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले बिहीबार बिहान माओवादीसँग थप छलफल हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment