Comments Add Comment

अष्ट्रेलियाको न्यु साउथ वेल्समा अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउने तयारी

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यले आगामी ६ देखि ८ हप्ताभित्रमा अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई ल्याउने तयारी थालेको छ ।

न्यू साउथ वेल्स राज्यका अर्थमन्त्री डोमिनिक पेरोटेटले न्यू साउथ वेल्स राज्यका सुरक्षा निकाय र स्वास्थ्य विभागबीच अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउने प्रारम्भिक योजना सुरु गरिएको बताए । यद्यपि, यो योजना संघीय सरकारबाट पारित हुन बाँकी छ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरु अष्ट्रेलियन अर्थतन्त्रको मेरुदण्ड भएको भन्दै उनले भने, ‘हामी उनीहरुलाई ल्याउन तयार छौं र यो न्यू साउथ वेल्स र सिंगो अष्ट्रेलियाको अर्थतन्त्रका लागि महत्वपूर्ण छ ।’

उनका अनुसार ल्याइएका विद्यार्थीहरु छात्र आवसमा क्वारेन्टिनमा बस्नेछन् भने यसको सम्पूर्ण खर्च युनिभर्सिटीहरुले व्यहोर्ने छन्।

पेरोटेटका अनुसार सबैभन्दा पहिला विद्यार्थीहरुलाई चार्टर्ड विमानमा ल्याइनेछ । ‘..त्यसपछि विस्तारै व्यवसायिक उडानमार्फत ल्याइनेछ,’ उनले भने ।

अधिकारीहरुका अनुसार यो योजनाअन्तर्गत दुई हप्ताको अवधिमा करिब २५० जना विद्यार्थीहरु अष्ट्रेलिया आउन पाउने छन् ।

यदि यो योजना संघीय सरकारबाट पारित भएमा कोरोना महामारीका कारण भएको उडान बन्दका कारण अष्ट्रेलिया आउन नपाएका लाखौं विद्यार्थीहरु आउन पाउनेछन् ।

२० मार्च २०२० बाट बन्द भएको अष्ट्रेलियाको बोर्डरका कारण भिसा लागेर पनि लाखौं विद्यार्थीहरु आ-आफ्नै देशबाट अनलाइन कक्षाहरु लिइरहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment