Comments Add Comment

युवकको हत्‍या गरेको आरोपमा रुपन्देहीबाट पाँचजना पक्राउ

२७ जेठ, रुपन्देही । ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीले लुम्विनी साँस्कृतिक नगरपालिका वडा-४ मनौराका ३५ वर्षीय महेन्द्र यादवको हत्‍या गरेको आरोपमा पाँचजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देही साँस्कृतिक नगरपालिका वडा नं. ४ मनौरा बस्ने बर्ष २२ वर्षीय बलजित पासी, ३० वर्षीय दुर्गेश पासवान ,२४ वर्षीय राकेश यादव ,२० वर्षीय संजय पासी र २३ वर्षीय सर्वजित विश्वकर्मा रहेका छन् ।

गत जेठ २३ गते जिल्ला रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ४ मनौरा बन्दरगढस्थित यादवको शव फेला परेको थियो ।

प्रहरीले अनुसन्धानको क्रममा हत्यामा प्रयोग भएको धारिलो हतियार (फलामको दाउ) थान-१, पानी तान्ने नलको ह्याण्डर (हत्ता) थान-१ र हत्यामा प्रयोग भएको हरियो बाँसको घारा थान-१ सहित अन्य प्रमाणहरु बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई रुपन्देही जिल्ला अदालतबाट १० दिन म्याद थप भइ अनुसन्धना भइरहेको ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीका कार्यालय प्रमुख प्रहरी निरीक्षक रबिन्द्र महतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment