+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/9 (20)
VS
Pokhara Avengers won by 25 runs
Won पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

तिब्बत जोड्ने सडक निर्माणमा जुटे उत्तरी गोरखाका बासिन्दा

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २७ गते १३:४२

२७ जेठ, गोरखा । उत्तरी गोरखाको सामागाउँ साम्दो हुँदै तिब्बतको रुइला नाका जोड्ने सडक निर्माणको काम सुरु भएको छ । घरेलु औजार प्रयोग गरी स्थानीय आफैंले सडक निर्माणको काम थालेका छन् । साम्दोदेखि रुइला नाकासम्मको दूरी करिब १० किलोमिटर छ । चालु आर्थिक वर्षमा ३.५ किलोमिटर सडक निर्माण हुने चुमनुव्री गाउँपालिका–१ का वडाध्यक्ष वीरबहादुर लामाले बताए ।

उक्त सडक निर्माणका लागि ५० लाख रकम विनियोजन गरिएको पूर्वाधार विकास कार्यालय गोरखाले जनाएको छ । ‘क वर्गको सडक भनेर मन्त्रालयले दुई करोड रकम छुट्याएको थियो । तर प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत नभएका कारण मेसिन प्रयोग गर्न मिलेन,’ कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले भने, ‘उपभोक्ता समितिमार्फत स्थानीयले खनेर दुई करोड रकम बराबरको काम गर्न नसक्ने भएपछि डेढ करोड मन्त्रालयले फिर्ता लगेर ५० लाख मात्र विनियोजन गरेको हो ।’

११/११ जनाको तीन वटा समूह बनाएर काम भइरहेको साम्दोका स्थानीय निमा दोर्जे लामाले बताए । साम्दो र सामागाउँका स्थानीय मिलेर सडक निर्माण गरिने उनले जानकारी दिए । आठ लाख रकम बराबरको जनश्रमदान रहने बताइएको छ । सडक निर्माण भएसँगै तिब्बतका खाद्यान्न ल्याउन सहज हुने स्थानीयले बताएका छन् ।

‘तिब्बतबाट खच्चडमा खाद्यान्न ल्याउन ढुवानी खर्च बढी लाग्छ, तर मोटरबाटो भएपछि सहज हुन्छ, खर्च पनि कम लाग्छ,’ लामाले भने । सडक सञ्जाल जोडिएसँगै गाउँको आधा समस्या हल हुने उनको अपेक्षा छ । उनी थप्छन्, ‘सडक आएपछि गाउँका अरु विकास निर्माणको काममा पनि धेरै सहयोग पुग्छ ।’

स्थानीयले निर्माण गरिरहेको उक्त सडकको अनुगमनमा जाने तयारी भइरहेको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?