
गायक दीप श्रेष्ठ १६ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण पुष्टि भएको केही दिनपछि शरीरमा अक्सिजनमा मात्र कम भएपछि उनी ह्याम्स अस्पताल भर्ना भएका थिए ।
अस्पतालमा दुई साता आईसीयूमा अक्सिजनको सहायतामा बसेका श्रेष्ठको स्वास्थ्यमा सुधार आएपछि मंगलबार मात्रै उनलाई आइसीयूबाट क्याबिनमा सारिएको थियो ।
‘द भ्वाइस अफ नेपाल’ निर्देशक लक्ष्मण पौडेलले स्वास्थ्य अवस्था सामान्य भएसँगै श्रेष्ठलाई अस्पतालले आज दिउँसो डिस्चार्ज गरेको जानकारी दिए ।
‘उहाँ स्वस्थ हुनुभएको छ । अब घरमै बस्न मिल्ने भएपछि अस्पतालले दिउँसो डिस्चार्ज गरेको हो । अब केही दिन घरमै आईसोलेसनमा बस्नुहुनेछ’ – निर्देशक पौडेलले भने ।
डिस्चार्ज हुनुअघि उनको पुनः कोरोना परीक्षण गरिएको छ । त्यसको रिपोर्ट भने आइसकेको छैन् । गायक दीप ‘द भ्वाइस अफ नेपाल’ को पहिलो संस्करणदेखि नै निर्णायकको रूपमा रहँदै आएका छन् ।
प्रतिक्रिया 4