Comments Add Comment

मिकालाई गीत रिलिज गर्न केआरकेको चुनौती

नायक सलमान खान अभिनित चलचित्र ‘राधे’को समिक्षा गरेपछि सुरु भएको विवादले आफूलाई समिक्षक बताउने कमल आर खानलाई छाडेको छैन । सलमानले आफ्नो मानहानी गरेको भन्दै केआरके विरुद्ध अदालतमा उजुरी समेत दिएका छन् ।

बलिउडका सफल पाश्र्व गायक मिका सिंहले नायक सलमान खानको पक्ष लिदै केआरेकविरुद्ध ट्विट गरिरहेका छन् । केआरकेले पनि मिकालाई विभिन्न आरोप लगाइरहेका छन् ।

यसैविच, केही दिन अगाडि मात्र मिकाले केआरकेलाई लक्षित गर्दै एक गीत तयार गरेको बताएका थिए । उक्त गीतको रेकर्डिङ समेत भैसकेको छ । तर, मिकाले गीत रिलिज नगरेपछि केआरेकले उनलाई चुनौती दिएका छन् ।

केआरकेले गीत रिलिज गर्नका लागि मिकालाई चुनौती नै दिएका छन् । गीत रिलिज गरेपछि आफूले के गर्न सक्छु भन्दै केआरले परिणाम हेर्न पनि चुनौती दिएका छन् ।

केआरकेले लेखेका छन्–‘यति धेरै कराउँछौ किन ? गीत रिलिज गर्ने औकात छैन ? नडराई विन्दास तरिकाले गीत रिलिज गरे हुन्छ । म चाहन्छु कि एक पटक गीत रिलिज गर । यसपछि के हुन्छ हेर्दा हुन्छ ?’

मिकाले सलमानसँगको विवादपछि केआरकेलाई लक्षित गर्दै कुकुर गीत बनाउने बताएका थिए । मिकाले आफूसँग डराएर केआरकेले मुम्बईको घर बेचेको समेत दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment