+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

गरीब मुलुकलाई एक अर्ब डोज कोरोना खोप अनुदानमा दिँदै धनी मुलुक

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २८ गते १३:४३

२८ जेठ, काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिसन जोन्सनले विश्वका सबैभन्दा धनी मुलुकको संगठन (जी७)मा आबद्ध मुलुकहरु गरीब मुलुकलाई एक अर्ब डोज कोरोना खोप अनुदानमा दिन सहमत हुने बताएका छन् ।

पछिल्लो समय धनी र गरीब मुलुकबीच कोरोना खोपको विषयमा व्यापक असमानता देखिएको भन्दै आलोचना भइरहेको समयमा बेलायती प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

यसअघि अमेरिकी राष्ट्रपतिले पनि आगामी वर्षसम्ममा ५० करोड डोज कोरोना खोप गरीब मुलुकलाई अनुदानमा दिने बताएका थिए । त्यस्तै बेलायती प्रधानमन्त्री जोन्सनले पनि १० करोड डोज खोप अनुदानमा दिने बताइसकेका छन् ।

अमेरिका र बेलायतका साथै जी७ मा क्यानडा, फ्रान्स, जर्मनी, इटाली र जापान छन् । शुक्रबार जी७ को सम्मेलन हुनुअघि बेलायती प्रधानमन्त्री जोन्सनले भने, ‘जी७ ले यो संकल्प गर्नुपर्छ कि सन् २०२२ को अन्तिमसम्मा विश्वका सबै जनसंख्यालाई खोप दिने प्रयास गनेछौं ।’

उनले थपे, ‘हामी आफ्ना मित्रराष्ट्रसँग मिलेर यो महामारीलाई जित्न चाहन्छौं । यसका लागि हामी प्रतिबद्ध छौं । आगामी केही सातामा बेलायतले गरीब मुलुकका लागि करिब ५० लाख डोज कोरोना खोप दिनेछ । म सबै मुलुकलाई यसमा सहयोग गर्न आग्रह गर्छु ।’

यसअघि बिहीबार फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले अमेरिकाको खोप अनुदानमा दिने निर्णयको स्वागत गरेका थिए । उनले भनेका थिए, ‘यस वर्षको अन्तिमसम्ममा फ्रान्स कम्तीमा तीन करोड डोज कोरोना खोप अनुदानमा दिन सक्ने अवस्थामा हुनेछ ।’

विश्वभरका विभिन्न सामाजिक संगठनले भने यो सहयोग पर्याप्त भने नहुने बताएका छन् । उनीहरुका अनुसार अहिले विश्वभरका ४ अर्ब मानिस कोरोना खोप लगाउन कोभ्याक्सजस्ता कार्यक्रममा निर्भर छन् । कोभ्याक्स कार्यक्रम विश्व स्वास्थ्य संगठनको नेतृत्वमा चलिरहेको कार्यक्रम हो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?