+
+
Shares

केही मान्छेले विधान उल्लंघन गरे, तर जसपा एउटै छ : उपेन्द्र यादव

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २८ गते २०:१४
Photo Credit : रासस

२८ जेठ, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केही व्यक्ति सरकारमा जाँदैमा पार्टी फुटेको भन्न नमिल्ने बताएका छन् ।

शुक्रबार संसद भवन नयाँ वानेश्वरमा पत्रकारसँग कुरा गर्दै उनले केही व्यक्तिले पार्टी विधान उल्लंघन गरे पनि जनता समाजवादी पार्टी एउटै रहेको दावी गरे । ‘केही मान्छेले पार्टीको विधान उलंघन गरेका छन् । तर, जसपा अहिले पनि एउटै छ’ उनले भने, ‘पार्टीबाट निष्कासन गर्न कमिटी चाहिन्छ । केन्द्रीय कमिटीमा बहुमत चाहिन्छ ।’

यादवले सरकारमा जानेहरुले मधेश आन्दोलनलाई धोका दिएको टिप्पणी गरे । ‘केही मान्छेहरु पलायन भएर सरकारमा गएका हुन् । यो दुर्भाग्यपुर्ण छ, उहाँहरुले त्यो विस्तारै बुझ्नहुन्छ गलत बाटो हो भनेर । त्यो गलत बाटोले मधेश आन्दोलनलाई धोका दिन्छ । उहाँहरुको राजनीतिक जीवनलाई कलंकित गर्छ’ उनले भने ।

प्रधानमन्त्रीलाई साथ दिने जसपा नेता निकटका नेतालाई प्रदेश २ सरकारबाट हटाइएको भन्दै उनले अब प्रदेश २ मा तपाईंहरु (जसपाको उपेन्द्र यादव पक्ष) को सरकार जोगियो अब अन्यत्र के हुन्छ ? भन्ने पत्रकारहरुको प्रश्नमा अध्यक्ष यादवले छोटो प्रतिक्रिया दिएका गरेका छन्, ‘अब अन्यत्र केपी ओलीको सरकार ढल्दै जान्छ ।’

यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने प्रदेश सरकारहरु विस्तारै ढल्दै जाने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?