+
+
Shares

इथियोपियामा अनिकाल, ३ लाख ४३ हजार जनसंख्या संकटमा

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २९ गते ८:२३

२९ जेठ, काठमाडौं । इथियोपियाको टिग्रे क्षेत्रमा अनिकालबाट ३ लाख ४३ हजार जनसंख्या संकटमा परेको संयुक्त राष्ट्रसंघले जनाएको छ । तीमध्ये करिब ३३ हजार बालबालिकाको भोकमरी र कुपोषणबाट मृत्यु हुनसक्ने चेतावनी पनि दिइएको छ ।

संयुक्त राष्ट्रसंघ र सहायता समूहहरुको अध्ययनको आधारमा यो चेतावनी दिइएको हो ।

संयुक्त राष्ट्रसंघको सहायता प्रमुख मार्क लोकोकले भनेका छन्, ‘टिग्रेमा अहिले अनिकाल छ ।’

बालबालिकाको क्षेत्रमा कार्यरत संयुक्त राष्ट्रसंघको संस्था युनिसेफका अनुसार टिग्रेमा खानेकुराको अभावका कारण विनासको जस्तो स्थिति आइलागेको छ र यसको कारण ठूलो संख्या (खासगरी बालबालिका) भोकमरीको चपेटामा पर्न सक्छन् । युनिसेफले टिग्रे क्षेत्रमा मानवीय सहायता पुर्याउन अपीलसमेत गरेको छ ।

यद्यपि इथियोपियाले भने संयुक्त राष्ट्रसंघबाट भएको अध्ययनको आधारमा निकालिएको यो निष्कर्षप्रति असहमति जनाएको बीबीसीले जनाएको छ ।

सरकारी र विद्रोही पक्षबीच जारी संघर्षका कारण टिग्रे क्षेत्र जर्जर अवस्थामा छ । सन् २०२० को नोभेम्बर महिनादेखि जारी संघर्षबाट सो क्षेत्रबाट करिब १७ लाख विस्थापित भइसकेको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?