+
+

खोपका लागि बेलायत सरकारलाई पत्र पठाउने तयारी

रासस रासस
२०७८ जेठ २९ गते १८:५९

२९ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले  कोभिड–१९ विरुद्धको ‘एस्ट्राजेनिका’ खोप उपलब्ध गराउन बेलायत सरकारलाई पत्र पठाउने तयारी गरेको बताएका छन् । शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री तामाङले नेपालका ज्येष्ठ नागरिकले खोप अभावका कारण दोस्रो मात्राको खोप लगाउन नपाएको कुरा उल्लेख गदै पत्र पठाइने जानकारी दिएका हुन् ।

‘पहिलो मात्रा लगाएर यहाँका ६५ वर्ष माथिका ज्येष्ठ नागरिकले खोप अभावको कारण दोस्रो मात्राको खोप लगाउन पाएका छैनन् भनेर पत्रमा उल्लेख गर्ने छौ,’ उनले भने, ‘ज्येष्ठ नागरिकको जीवनरक्षा गर्नका लागि समयमा नै दोस्रो मात्रा खोप लगाउन पर्ने भएकोले खोप उपलब्ध गराउन आग्रह गर्ने छौं ।’ सरकारको आग्रहमा बेलायतले खोप चाँडै उपलब्ध गराउने उनले विश्वास व्यक्त गरे ।

मन्त्रालयले भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुविधा दुवैले तत्काल कोभिशिल्ड खोप उपलब्ध नगराएपछि विकल्पमा एस्ट्राजेनिका लगाउने निर्णय गरेको छ । खोपको पहिलो मात्रा  लगाएका कम्तीमा १२ देखि १६ हप्ताभित्र दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ । सरकारले कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी  र एउटै फर्मूलामा बनेकाले लगाउन केही फरक नपर्ने जनाएको छ ।

गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ वर्ष माथिका उमेर समूहका करिब साढे १४ लाख व्यक्तिलाई ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाएको थियो । दोस्रो मात्राका लागि खोप नआएपछि उनीहरुले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?