+
+
Shares

दाङका ८ हजार ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप

रासस रासस
२०७८ जेठ ३० गते १३:३८

३० जेठ, दाङ । कोरोनाविरुद्धको तेस्रो चरणको भेरोसेलको पहिलो मात्राको खोप करीब आठ हजार ज्येष्ठ नागरिकलाई लगाइएको छ ।

दाङमा ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने काम सकिएको छ । जिल्लाभर सात हजार ९८४ जनालाई खोप लगाइएको छ ।

जिल्लाका दश पालिकाका करीब साढे आठ हजार ज्येष्ठ नागरिकलाई खोप लगाउने लक्ष्य लिइएकामा सात हजार ९८४ खोप लगाइएको स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले जानकारी दिए ।

स्थानीय तहले तोकेको खोप केन्द्रमा नागरिकता वा अन्य परिचय खुल्ने सरकारी कागजात र वडा कार्यालयको सिफारिसका आधारमा खोप लगाइएको चन्दले जानकारी दिए । स्थानीय तहका स्वास्थ्य शाखाका अनुसार घोराही उपमहानगरपालिकामा दुई हजार ८०१ लाई खोप लगाइएको छ ।

तुलसीपुरमा दुई हजार २२९, लमही नगरपालिकामा ७१९, राजपुरमा १४१, गढवामा २२०, बङ्गलाचुलीमा २१०, बबईमा ३८०, दङ्गीशरणमा ३२० र शान्तिनगरमा ४०० जनालाई खोप लगाइएको छ । राप्ती गाउँपालिकामा ६६४ जनालाई खोप लगाइएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?