Comments Add Comment

खुवालुङ ढुङ्गा मात्रै होइन, यसको संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री राई

३० जेठ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले किरात समुदायको साँस्कृतिक महत्व बोकेको खुवालुङ ढुङ्गाको संरक्षण गर्ने बताएका छन् ।

संघीय सरकारको बजेटमा जलयातायात सञ्चालनमा रहेको अवरोध हटाउने उल्लेख भएकाले किरात समुदायले खुवालुङ फुटाउन खोजेको भन्दै विरोध जनाइरहेका छन् । आइतबार प्रदेश १ को प्रदेशसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राईले खुवालुङको संरक्षण गर्ने बताएका हुन् ।

‘हामीले थाहा पाउनुपर्छ, बुझ्नुपर्छ खुवालुङ ढुङ्गा मात्रै हो भने फुटाउन योग्यभित्र पथ्र्याे,’ उनले भने ‘ तर त्यो ढुङ्गा मात्र होइन रहेछ, किरात समुदायको संस्कृतिसँग, मन्धुम र सभ्यतासँग जोडिएको ढुङ्गा रहेछ भन्दा कसरी फुट्छ ?’

धनकुटा, भोजपुर र उदयपुर जिल्लाको सीमानामा अरुण, तमोर र दूधकोशीको संगममा रहेको ठूलो ढुंगा खुवालुङको नामले प्रसिद्ध छ । संघीय सरकारले जल यातायात सञ्चालनका लागि उक्त ढुंगा फुटाउने बताउँदै आएको थियो । तर किरात समुदायले आफूहरुको संस्कृतिसँग जोडिएको भन्दै फुटाउन नहुने माग गरेका छन् ।

मुख्यमन्त्रीए राईले खुवालुङ संरक्षण गर्नुपर्ने बताए । ‘त्यस ठाउँको संरक्षण गर्नुको विकल्प छैन, किनभने त्यो ढुङ्गा मात्रै होइन रहेछ,’ उनले भने, ‘अरु ढुङ्गाहरु कहाँकहाँ छन् पन्छाउनुपर्छ, फुटाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment