+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

राप्ती नदीमा एक्स्काभेटरले उत्खनन् गर्न रोक

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ३१ गते १०:२६

३१ जेठ, बुटवल । राप्ती नदीमा एक्स्काभेटरलगायत ठूला मेसिन प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन् गर्न प्रशासनले रोक लगाएको छ ।

सम्बन्धित निकायको अनुमति बेगर ठेकेदारहरुले ठूला मेसिन प्रयोग गरेर जथाभावी उत्खनन् गरेको भन्दै स्थानीयले नदीमै पुगेर धर्ना दिएपछि प्रशासनले मेसिन प्रयोगमा रोक लगाएको हो।

‘राष्ट्रपति चुरे मधेश संरक्षण विकास समितिलगायत सम्बन्धित निकायले अनुमति नदिएको ठाउँमा मेसिन प्रयोग गरेर उत्खनन् नगर्न स्थानीय तहहरु र जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिएर रोक्न लगाइएको छं,’ दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले भने।

राप्ती नदीमा घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका,राजपुर गाउँपालिका, लमही नगरपालिका, बबइ गाउँपालिका, दङ्गीशरण गाउँपालिका, बङ्गालाचुली गाउपालिका, शान्तीनगर गाउँपालिकालगायत १० वटा स्थानीय तहले नदीजन्य पदार्थको ठेक्का लगाउने गर्छन् ।

अनुगमन नहुँदा ठेकेदारले ठुला मेसिन लगाएर जथाभावी र तोके भन्दा धेरै परिमाण उत्खनन् गर्दै आएका नागरिक समाज दाङका अध्यक्ष केबी मसाल बताउँछन् ।

प्रशासनले नदीहरुमा उत्खनन् शुरु भए लगत्तै प्रभावकारी अनुगमन गरेर मापदण्डविपरीत भए रोक लगाउनुपर्नेमा अन्तिम समयमा मेसिन प्रयोगमा रोक लगाएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?