Comments Add Comment

मिचिगनबासीद्वारा कोभिड अस्पताललाई आइसीयू बेड किन्‍न सहयोग

३१ जेठ, बर्दिया । मिचिगनमा बसोबास गर्दै आएका ६ परिवारले बर्दियाको ठाकुरबाबा नगरपालिकाको रानीपुरमा सञ्चालन गरेको कोभिड अस्पतालको लागि ३ वटा आइसीयू बेड किन्‍न सहयोग गरेको छ ।

बर्दियाको ठाकुरबाबा नगपालिका घर भइ हाल अमेरिकाको मिचिगनमा बस्ने छबिलाल लामिछानेको नेतृत्वमा १२ लाख ५५ हजार ५० रुपैया संकलन गरी हस्तान्तरण गरिएको हो ।

ठाकुरबाबा नगरपालिका-१ का छबिलाल लामिछाने र यसोदा लामिछानेले ६ लाख ११ हजार ४ सय रुपैया, वडा नम्बर ८ का देबिराम शर्मा र रमा कुमारी शर्माले १ लाख १३ हजार रुपैया, वडा नम्बर ३ की दिपा शर्माले १ लाख १३ हजार रुपैया सहयोग स्वरुप उपलब्ध गराएका छन् ।

यस्तै ठाकुरबाबा नगरपालिका ७ का जोहन ढकाल र रचना ढकालले २ लाख ८२ हजार ५ सय रुपैया, वडा नम्बर २ बलातिका टिका गौतम र गोमा गौतमले १ लाख १३ हजार, वडा नम्बर ७ का भुपेन्द्र ढकाल र प्रसंसा ढकालले २२ हजार ६ सय रुपैया प्रदान गरेका हुन् ।

उनीहरुका अभिभावकले सो रकम ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । नगर प्रमुख श्रेष्ठले सहयोगीका परिवारलाई कोभिड अस्पतालमै खादा ओढाएर सम्मान गरेका छन् ।

कोरोनाको दोस्रो लहरसँगै संक्रमित बढ्न थालेपछि नगरपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको थियो । त्यसमा विभिन्न संघसंस्थाहरुले सहयोग गरिरहेको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment