Comments Add Comment

युरोकपमा आज पनि तीन खेल हुँदै, स्पेनले स्वीडेनसँग खेल्ने

३१ जेठ, काठमाडौं । १६औं संस्करणको युरोकपमा आज पनि तीन खेल हुँदैछन् । जसमा समूह डी को एक तथा समूह ई को दुई खेल हुनेछन् ।

पहिलो खेलमा समूह डी मा रहेका चेक रिपब्लिक र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे स्कटल्याण्डको हम्पडेन पार्क स्टेडियममा सुरु हुनेछ । यो समूहको यसअघि भएको खेलमा इङ्ल्याण्डले क्रोएसियालाई १–० ले हराएको थियो ।

यस्तै समूह ई अन्तर्गत राति दुई खेल हुनेछन् । पोल्याण्ड र स्लोभाकियाबीचको राति ९:४५ बजे रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा हुनेछ ।

समूह ई कै अर्को खेलमा सर्वाधिक तीन पटकको च्याम्पियन स्पेनले स्वीडेनसँग खेल्नेछ । खेल राति १२:४५ बजे स्पेनको घरेलु मैदान स्टेडियो डे ला कार्टुजामा सुरु हुनेछ । यसअघि क्वालिफायरमा पनि स्पेन र स्वीडेनबीच खेल भएको थियो । दुई लेगको खेलमा घरेलु मैदानमा स्पेन विजयी हुँदा स्वीडेनमा भएको खेल १–१ को बराबरी भएको थियो ।

कोरोना संक्रमण भएपछि स्पेनका कप्तान सर्जियो बुस्केट अहिले सेल्फ आइसोलेसनमा छन् र खेलमा उनी उपलब्ध हुने छैनन् । यस्तै कोरोना संक्रमणबाट मुक्त भएका डिएगो लरेन्टे भने खेल्न सक्नेछन् । स्वीडेनका डेजान कुलुसेभ्सी र माथियस स्भानवर्ग पनि कोरोनाका कारण टिममा हुने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment