
१ असार, धनगढी । कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको अभियोग लागेपछि फरार भएका युवक पक्राउ परेका छन् ।
गत जेठ २७ गते वेदकोट नगरपालिका-५ की किशोरीलाई सामूहिक बलात्कार गरेको आरोप लागेका भीमदत्त नगरपालिका-५ का २० वर्षीय सिप्पु खुनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले वेदकोट नगरपालिका-६ को औजाखाली जंगलबाट खुनालाई पक्राउ गरिएको जानकारी दिए ।
उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको प्रहरी नायब उपरीक्षक थापाले बताए । प्रहरीले सोही मुद्दामा यसअघि वेदकोट नगरपालिका-६ का अन्दाजी २३ वर्षीय धनबहादुर विकलाई पक्राउ गरेको थियो ।
विक र खुनामिलेर ती किशोरीमाथि स्थानीय नर्सरी जंगलमा उनीहरुसँगै घुम्न गएका बेला जबरजस्ती करणी गरेको आरोप लागेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4