Comments Add Comment

जुलाई २७ बाट अक्षयको ‘बेल बटम’ हलमा रिलिज हुने

बलिउड नायक अक्षय कुमार अभिनित चलचित्र ‘बेल बटम’को प्रदर्शन मिति पक्का गरिएको छ । उसो त यसअघि पनि यो चलचित्रको प्रदर्शन मिति तय गरिएको थियो । तर, कोरोनाको दोश्रो लहरका कारण चलचित्र रिलिज हुन सकेन ।

अब, यसको निर्माणपक्षले चलचित्रलाई आगामी महिनाबाट रिलिज गर्ने तयारी गरेको छ । यो चलचित्र जुलाई २७ तारिखबाट हलमा नै रिलिज हुने तय भएको छ । नायक अक्षय कुमार र यसको निर्माणपक्षले नयाँ प्रदर्शन मिति तय गर्दै हलमा नै चलचित्र रिलिज हुने घोषणा गरेको हो ।

भारतमा अझै पनि केही राज्यमा लकडाउन छ । केही राज्यमा भने लकडाउन खुकुलो पार्दै लगिएको छ । दोश्रो चरणको कोरोना भाइरसको संक्रमणपछि विस्तारै भारतका विभिन्न राज्यहरु लयमा फर्किने तयारीमा छन् ।

अक्षय कुमार, वाणी कपुर अभिनित यो चलचित्र जुलाई २७ मा हलमै रिलिज भएको खण्डमा यसले बलिउडलाई पनि लयमा फर्काउन मद्दत गर्नेछ ।

यो चलचित्रका लागि ओटीटी प्लेटफर्मबाट पनि आकर्षक मुल्यमा खरिदको अफर आएको थियो । तर, चलचित्रका निर्माता बासु भगनानी र नायक अक्षय कुमारले हलहरुलाई लयमा फर्काउनका लागि चलचित्रलाई हलमै रिलिज गर्ने सोच बनाएका थिए । सोही अनुसार, यो चलचित्र अब जुलाई २७ बाट हलमै रिलिज हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment