Comments Add Comment

गण्डकी र लुम्बिनीमा अविरल वर्षा, नदीहरुमा बाढी

१ असार, काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा भइरहेको छ । जसका कारण गण्डकी र लुम्बिनीका विभिन्न जिल्ला भएर बग्ने ठूला नदीहरुमा बाढी आएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार नारायणी, गण्डकी, त्रिशूली र तिनाउ नदीमा बाढी आएको छ ।

कास्की, अर्घाखाँची, नवलपरासी, पाल्पा, लम्जुङ, स्याङ्जा, रुपन्देही, गोर्खा, चितवन र म्याग्दी क्षेत्रमा बढी पानी पर्दा नारायणी, गण्डकी, तिनाउ लगायतका ठूला नदीहरुमा जल सतह बढेको छ ।

यसैगरी कास्कीको पोखरा र लुम्ले, नवलपरासीको बर्दघाट र डण्डा तथा चितवनका भरतपुर एयरपोर्ट, चर्छरे, कल्याणपुर, रामपुर र त्रिशूलीको कालीखोला क्षेत्रमा बढी पानी परिरहेको छ । लमजुङको बेसीशहर र खुदीबजार, म्याग्दीको घोरेपानी, पाल्पाको गण्डकी, गोरखाको बारपाक, रुपन्देहीको भैरहवा र अर्घाखाँचीको खाँचीकोट क्षेत्रमा पनि भारी वर्षा भइरहेको छ ।

त्यसैले यी स्टेसनहरुमा खतराको संकेत स्वरुप साइरन बजाइएको छ । मनसुन सक्रिय भएकाले बाढी र पहिरो जान सक्ने भएकाले पूर्वसतर्कता अपनाउन यसअघि नै मौसम पूर्वानुमान महाशाखाका मौसमविद्हरुले आग्रह गरेका थिए । असार १ गतेदेखि कम्तीमा तीन दिनसम्म सतर्कता अपनाउनुपर्ने मौसमविद्को भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment