Comments Add Comment

जापानमा बारा समाज गठन, जिल्लामा आउने समस्यमा सहयोग गर्ने

१ असार, काठमाडौं । बारा जिल्लामा स्थायी घर भइ हाल विभिन्‍न पेशा तथा कामको सिलसिलामा जापान आएर बसोबास गर्दै आएकाहरुले बारा समाज जापान गठन गरेका छन् । अनिल गिरीको अध्‍यक्षतामा १३ सदस्यीय कार्यसमितिको गठन गरिएको हो ।

यस्तै बारा समाजको उपाध्यक्षमा बैकुण्ठ गौतम, सचिवमा प्रवेश पोख्रेल, सह-सचिवमा सुजता थापा, कोषाध्यक्षमा मनोज अधिकारी, सह- कोषाध्यक्षमा ममता थापा रहेका छन् ।

यस्तै सदस्यहरुमा मन्दीप अधिकारी, भुषन कुमार गुप्ता, ममता सापकोटा, उत्तम कुमार चौलागाइ,अमृत लामिछाने, बिष्णु न्यौपाने, धर्मेन्द्र चौधरी छन् भने सल्लाहकारहरुमा नवीन लामा र महेश्वर अधिकारी छन् ।

आगामी दिनमा सामाना गर्नु पर्ने समस्या र चुनौतीहरुलाई सहजै समाधानका लागि उनीहरुले आपसी सहयोग गर्ने बताएका छन् ।

बारा समाज जापानको पहिलो बैठकले सर्वप्रथम संस्थालाई विधिवत रुपमा दर्ता प्रकृयमा लैजाने, जापानमा अवस्थित हरेक संघ संस्थागत आगामी दिनमा सहकार्य र समन्वय गर्दै जाने तथा बारा जिल्ला वासीहरुलाई हरेक प्रकारको गतिविधिहरुमा सक्रिय सहभागिता गराउदै लैजाने निर्णय भएको छ।

यस्तै जिल्लाका आर्थिक सामाजिक साँस्कृतिक एवं विपद्‌सम्बन्धी हरेक गतिविधिमा साथ र सहयोगको निम्ति तत्पर रहने तथा जापानमा आउने नयाँ पुस्तालाई हौसल्ला मार्गदशर्न तथा हरेक तवरको सहयोग गर्ने समाजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment