Comments Add Comment

दाङमा केही खुकुलो बनाएर असार ८ सम्म निषेधाज्ञा थप

१ असार, बुटवल । दाङमा कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा असार ८ गतेसम्म लम्ब्याइएको छ । यसअघि थपिएको निषेधाज्ञाको अवधि मंगलबार बेलुकी ६ बजेसम्म छ ।

जनजीवनलाई सहज बनाउने गरी यसपटकको निषेधाज्ञालाई यसअघि भन्दा केही खुकुलो बनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीडीसीसीएमसी)को बैठकले असार ८ गते साँझसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।

कोरोना संक्रमण र मृत्युको दर घट्दै गएको तर स्वास्थ्य सुरक्षा मापदण्ड र निषेधाज्ञाको पालना अझै पूर्णरुपले गर्नुपर्ने बैठकले निष्कर्ष निकालेको उनले बताए । प्रशासनका अनुसार थप गरिएको निषेधाज्ञाको अवधिमा खाद्यान्न पसल दैनिक बिहान ६ देखि १० बजेसम्म खोल्न पाइने छ । यस्तै बैंक तथा वित्तीय संस्थाहरु १० बजेदेखि २ बजेसम्म तथा सबै सरकारी कार्यालय स्वास्थ्य मापदण्ड पूरा गरेर बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खोल्ने निर्णय भएको छ ।

यस्तै होटल र रेष्टुरेन्टलाई होम डेलिभरी सेवा दिने गरी खोल्न दिइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment