
२ असार, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका वडा नं. ५ को सेतिवेणी बजार जलमग्न भएको छ । मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकीमा पानीको बहाब बढेपछि सेतीवेणी बजार डुवानमा परेको हाे ।
जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका प्रमुख एसपी होविन्द्र बोगटीका अनुसार डुबानबाट ८ घर पूर्णरुपमा क्षति भएका छन् । मानवीय क्षति भएको छैन ।
पानीमा फसेकाहरुलाई प्रहरी, जनप्रतिनिधि र रेडक्रसलगायतको टोलीले उद्दार गरिरहेका छन् । सुरक्षित स्थानमा ल्याइएका व्यक्तिहरुलाई पालमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4