Comments Add Comment

मद्‍नी खोलाको बाढीले ३ सयवटा भेंडाबाख्रा बगायो

२ असार, पोखरा । मद्‍नी खोलामा आएको बाढीले भेंडिगोठसँगै ३ सयवटा भेंडाबाख्रा बगाएको छ ।

मादी गाउँपालिका वडा-१ हुँगु भन्ने ठाउँमा आएको बाढीले ३ सयवटा भेंडाबाख्रा बगाएको हो ।

यस्तै गोठमा रहेका ३ जना गोठाला भने सम्पर्कमा आएका छन् ।

उनीहरूलाई सुरक्षित स्थानमा ल्याउने तयारी भइरहेको वडाध्यक्ष सुरज गुरूङले जानकारी दिए ।

अन्नपूर्ण शृंखलाको लमजुङ हिमालदेखि आउने मद्‍नी खोलाको बाढीले बाख्रा बगाएको गुरूङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment