+
+
Shares

एमालेले सरकारलाई भन्यो : विपत्तिमा परेकाहरुको तत्काल उद्धार गर

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २ गते १७:५९

२ असार, काठमाडौं । नेकपा एमालेले प्राकृृतिक विपत्तिमा समस्यामा परेकाहरुको तत्काल उद्धार गर्न सरकारलाई आग्रह गरेको छ ।

प्रवक्ता प्रदीप ज्ञवालीले प्रेस विज्ञप्ति जारी गरी विपत्तिमा तत्काल उद्धार र राहतका काम प्रभावकारी ढंगले अगाडि बढाउन, मृतकका परिवारका लागि राहत उपलब्ध गराउन, वेपत्ताहरुको खोजी गर्न र बाढीले बेघरबार बनाएका परिवारका लागि अस्थायी बसोबासको प्रबन्ध गर्न सरकारलाई आग्रह गरेका हुन् ।

एमालेले सरकारले हालै पारित गरेको विपद प्रतिकार्य योजना प्रभावकारी रुपमा कार्यान्वयन गन पनि आग्रह गरेको छ । त्यस्तै विपत्तिको समयमा स्वयंसेवी भावनाका साथ उद्धार र राहत कार्यमा सम्पूर्ण रुपमा परिचालित हुन जनप्रतिनिधि, पार्टी कमिटी र युवा पंक्तिलाई एमालेले आह्वान गरेको छ ।

केही दिनयता लगातारको वर्षापछि देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुवानका घटना हुँदा जनधनको क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?