+
+
Shares

एनआरएन एयुएईको क्षेत्रीय अध्यक्ष र उपाध्यक्षको निलम्वन फुकुवा

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २ गते १८:५२

२ असार, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईले निलम्बन गरेका क्षेत्रीय अध्यक्ष र उपाध्यक्षको निलम्बन फुकुवा गरेको छ । एनआरएनए यूएईले क्षेत्री समन्वय परिषद् अध्यक्ष भीम मल र उपाध्यक्ष निराज खत्रीको निलम्बन फुकुवा गरेको हो ।

संस्थाको हित विपरित काम गरेको हुनसक्ने भन्दै केही महिना पहिले क्षेत्रीय अध्यक्ष र उपाध्यक्षलाई निलम्बन गरिएको थियो । अनुसन्धानका क्रममा संघलाई हानी हुने कार्य गरेको पुष्टि नभएको भन्दै सोही पदमा पुनर्वहाली गरिएको एनआरएन राष्ट्रिय समन्वय परिषद् युएईले जनाएको छ ।

परिषद्का कार्यबाहक अध्यक्ष निरञ्जन सिल्वाल र महासचिव निश्चल दाहालले विज्ञप्ति जारी गर्दै निलम्बन फुकुवा भएको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?