+
+

मेलानले स्वास्थ्यमन्त्री तामाङलाई बुझायो ज्ञापनपत्र

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३ गते १७:२३

३ असार, काठमाडौं । मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) ले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई ज्ञापनपत्र बुझाएको छ ।

प्रयोगशाला क्षेत्रको सुधारको माग राखेर मन्त्री तामाङलाई बिहीबार ज्ञापनपत्र बुझाइएको मेलानका केन्द्रीय अध्यक्ष राजेन्द्र खड्काले बताए ।

मन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा मन्त्रालयबाट जारी ‘स्वास्थ्य संस्था सञ्चालन मापदण्ड (२०७७)’ अनुसार प्रयोगशाला सञ्चालन गर्दा पूरा गर्नु पर्ने मापदण्ड सरकारीस्तरबाट सञ्चालित प्रयोगशालाहरुमा लागू हुन सके मात्रै सर्वसाधरण नागरिकले गुणस्तरीय प्रयोगशाला सेवा पाउन सक्नेलगायतका माग रहेको उनले बताए  ।

ज्ञापनपत्र बुझ्दै मन्त्री तामाङले यस विषयमा छिट्टै आवश्यक छलफल गरी अघि बढ्ने आश्वासन दिएको मेलानका महासचिव रेशम अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?