+
+
Shares

अरुणकुमार चौधरी हंगेरीको अवैतनिक महावाणिज्यदूत नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३ गते २०:३६

नेपाल सरकारले अरुण कुमार चौधरीलाई औपचारिक रुपमा हंगेरीको अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको छ।

उनलाई हंगेरीका परराष्ट्र मन्त्री पिटर सियार्टोले १७ फेब्रुअरी २०२१ मा प्रदान गरेको कन्सुलर कमिसनका आधारमा नेपाल सरकारले उनलाई अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको हो।

उनलाई परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल डा. दुर्गा बहादुर सुवेदी क्षेत्रीले सोमबार ओहदाको प्रमाण पत्र हस्तान्तरण गरेका थिए।

डा. सुवेदीले उनलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामनासमेत दिएका थिए।

अरुण कुमार चौधरी नेपालको व्यवसायिक घराना सीजी होल्डिङ्स्‌का अध्यक्ष तथा प्रबन्ध सञ्चालक हुन्।

कार्यक्रममा उनले आगामी दिनमा नेपाल–हंगेरीको बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?