
सिन्धुपाल्चोकको मेलम्चीमा बाढी पहिरोबाट प्रभावित भएकाहरुलाई राहत वितरणमा नेपाली कलाकारहरु पनि सक्रिय भएका छन् ।
हाँस्य कलाकार कुमार कट्टेल लगायतको टिम बिहीबार मेलम्ची पुगेर राहत वितरण गरेर फर्किएको छ । त्यहाँबाट फर्किएपछि कुमारले भनेका छन्, ‘त्यहाँ क्षतविक्षत भएका कारुणिक दृश्यले मन रोयो ।’
उनले मेलम्चीका बासिन्दाका लागि सबैले मिलेर सहयोग गर्न पनि अपिल गरेका छन् । ३० बोरा चामल, ३४ वटा ब्ल्याङकेट लगायत अन्य खाद्य पदार्थ बाढीपहिरो पीडितका लागि र ३० बोरा चामल, १ बोरा दाल, ५० किलो नुन पीडितहरुलाई खाना खुवाउने काम गरिरहेको हाम्रो टिम नेपाललाई हस्तान्तरण गरेको उनले जानकारी दिए ।
हेलम्बु गाउँपालिका अन्तर्गत राहत र अस्थायी बसोबारको व्यवस्था हुन नसकेको ठाउँहरुमा पनि आफूहरु समन्वय गरी राहत लिएर जाने तायरी भईरहेको कुमारले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4