+

कोपा अमेरिकामा अर्जेन्टिनाले उरुग्वेलाई हरायो

२०७८ असार  ५ गते ८:१३ २०७८ असार ५ गते ८:१३
कोपा अमेरिकामा अर्जेन्टिनाले उरुग्वेलाई हरायो

५ असार, काठमाडौं । ब्राजिलमा भइरहेको कोपा अमेरिका अन्तर्गत समूह ए को खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० ले पराजित गरेको छ । गुइडो रोड्रिगेजले पहिलो हाफमा गरेको गोल नै अर्जेन्टिनालाई ३ अंक दिलाउन निर्णायक बन्यो ।

ब्रासिलियास्थित स्टाडिओ नासिओनालमा शनिबार बिहान भएको खेलमा रोड्रिगेजले कप्तान लिओनल मेस्सीको क्रसमा गोल गरेका थिए ।

४७औं संस्करणको कोपा अमेरिकामा अर्जेन्टिनाको यो पहिलो जित हो । यसअघि पहिलो खेलमा अर्जेन्टिनाले चिलीसँग २-२ को बराबरी खेलेको थियो ।

उरुग्वेलाई हराएपछि अर्जेन्टिनाले २ खेलबाट ४ अंक जोडेको छ ।

यस्तै शनिबार बिहानै भएको अर्को खेलमा चिलीले बोलिभियालाई १-० ले नै पराजित गरेको छ । एरेना पान्तानालमा भएको खलमा चिलीका लागि खेलको १०औं मिनेटमा बेन ब्रेरेटनले निर्णायक गोल गरे । उनले एडुवार्डो भर्षासको पासमा गोल गरे ।

जितपछि चिलीले २ खेलबाट ४ अंक नै जोडेको छ ।

अर्जेन्टिना कोपा अमेरिका

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय