+
+
Shares

क्रान्तिकारीद्वारा हेलम्बुमा १३५ बोरा चामल हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ५ गते १०:१३

५ असार, हेलम्बु । सिन्धुपाल्चोकको बाढी पहिरोबाट प्रभावित क्षेत्र हेलम्बु गाउँपालिकामा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) को केन्द्रीय टोलीले १३५ बोरा चामलसहितका राहत सामग्री हस्तान्तरण गरेको छ।

अध्यक्ष रञ्जित तामाङ नेतृत्वमा गएको टोलीले शुक्रबार साँझ हेलम्बु गाउँपालिका वडा नं २ का अध्यक्ष छिरिङ ग्याल्बु लामा र स्थानीय नेता भरत थापासहितको टोलीलाई राहत हस्तान्तरण गरेको हो ।

बाढी पीडितको निम्ति १३५ बोरा चामल, १०० केजी दाल, १०० थान ब्ल्यांकेट, १५० वटा सोलार लाइट, २ रोल म्याट्रेस, ७० थान टेन्ट र विभिन्न आधारभूत स्वास्थ्य सामग्री सहितको राहत हस्तान्तरण गरिएको अनेरास्ववियू क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जनाए।

राहत वितरण टोलीमा अध्यक्ष तामाङ, उपाध्यक्ष बस्नेत, अर्का उपाध्यक्ष तिलकराज भण्डारी, सचिव पवन कार्की, विद्यार्थी स्वयंसेवकका संयोजक संजय काल्धन सहितको केन्द्रीय टोली हेलम्बु पुगेको थियो ।

यसैगरी अनेरास्ववियू (क्रान्तिकारी) ले बाढी प्रभावित क्षेत्रमा संगठनका सम्पूर्ण नेता-कार्यकर्तालाई राहत तथा उद्धार कार्यमा अहोरात्र खट्न निर्देशनसमेत दिइएको उपाध्यक्ष बस्नेतले बताए।

शुक्रबार नै माओवादी केन्द्र निकट वाईसीएलको केन्द्रीय टोलीले पनि सिन्धुपाल्चोकको मेलम्चीमा राहत वितरण गरेको थियो।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?