Comments Add Comment

नेपाल आइपुगे फुटबल टिमका प्रशिक्षक अलमुताइरी

५ असार, काठमाडौं । राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल आइपुगेका छन् ।

विश्वकप र एसियन कप छनोट अन्तर्गत दाेस्राे चरणका खेलहरु सकिएपछि कुवेतमै रहेका अलमुताइरी शनिबार बिहान काठमाडौं आइपुगेका हुन् ।

अलमुताइरिलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यसमिति सदस्यहरु मधुसुदन उपाध्याय र रुपेश अधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।

छनोटको खेलहरु सकिएपछि नेपाली टिम भने गत आइतबार नै स्वदेश फर्किसकेकाे छ ।

कुवेती प्रशिक्षक अलमुताइरीले प्रशिक्षण सम्हालेपछि नेपालले विश्वकप छनोटकाे बाँकी ३ खेल खेल्याे । जसमा नेपालले चाइनिज ताइपेइलाई २-० ले पराजित गर्दा जोर्डन र अष्ट्रेलियासँग समान ३-० ले पराजित भएकाे थियाे । त्यसअघि इराकसँग मैत्रीपूर्ण फुटबल खेलमा नेपाल ६-२ ले पराजित भएकाे थियाे ।

अलमुताइरी प्रशिक्षक बनेपछि यसपटक नेपालकाे खेल्ने शैली र खेलाडीकाे मानसिकतामा समेत परिवर्तन आएकाे छ ।

उनले आगामी सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपलाई मध्यनजर गर्दै यस पटक युवा खलाडीलाई मौका दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment