Comments Add Comment

ओलम्पिक डे मनाइयो

तस्वीर सौजन्य : एनओसी

५ असार, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)को तत्वावधान तथा स्पोर्ट्स फर अल कमिसनको आयोजनामा शनिबार ओलम्पिक डे २०२१ मनाइएको छ ।

सातदोबाटोस्थित एनओसी मुख्यालयमा आयोजित विशेष कार्यक्रमबीच सम्पूर्ण सुरक्षा अपनाएर ओलम्पिक डे मनाइएको हो । त्यस अवसरमा युवा तथा खेलकुदमन्त्री एकवाल मियाँले नेपालको भण्डा झण्डोत्तोलन गरेका थिए ।

यस्तै कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको झण्डा झण्डोत्तोलन गरे । त्यसै अवसरमा मन्त्री मियाँ र अध्यक्ष श्रेष्ठबीच मैत्रीपूर्ण टेबल टेनिस पनि भएको थियो । त्यसपछि आयोजित मुख्य कार्यक्रममा कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले ओलम्पिक डेको महत्वबारे धारणा राखेका थिए ।

अध्यक्ष श्रेष्ठले त्यस अवसरमा ओलम्पिक डेको आयोजनामा नेपाली खेलकुद र समग्र समाजमै भातृत्व र शान्ति बढ्ने बताए । यस्तै मन्त्री मियाँले नेपाली खेलकुद विकासका लागि सामूहिक प्रयास आवश्यक भएको र आफू नेपाली खेलकुदको विकासमा सबै प्रकारले सहयोग गर्न तयार रहेको बताए ।

त्यस अवसरमा कमिटीका पूर्वअध्यक्ष ध्रुवबहादुर प्रधान, उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्य तथा महासचिव निलेन्द्र श्रेष्ठको उपस्थिति थियो ।

नेपालमा सन् २०११ देखि प्रत्येक वर्ष ओलम्पिक डे मनाउँदै आएको छ । यसपल्ट कमिटी, यस मातहतका विभिन्न संघसंस्थाले २३१ कार्यक्रम पनि गर्ने एनओसीले जनाएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र आधुनिक ओलम्पिकको सुरुवात भएको दिन २३ जुनको अवसर पारेर नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरेर ओलम्पिक डे मनाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment