Comments Add Comment

थप २,४०१ जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु

५ असार, काठमाडौं । पछिल्लो २४ घण्टा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार १० नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ६८८ र ४ हजार ६८६ जनाको एन्टिजेन परीक्षण गर्दा ७१३ जना गरी २ हजार ४०१ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३४ जनाको मृत्यु भएको छ भने ३ हजार ६६० जना निको भएका छन् ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ४५ हजार २०९ पुगेको छ । तीमध्ये ५ लाख ५३ हजार ३५२ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म ८ हजार ६७५ जनाको मृत्यु भएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ६१८ रहेको छ । जसमध्ये ५३ हजार ७३३ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ८८५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । मन्त्रालयका अनुसार हाल ८७४ जनाको आईसीयू र २५८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नयाँ संक्रमितमध्ये ३३७ जना काठमाडौं उपत्यकाका हुन् । यस्तै शनिबार बागलुङमा २२५ जना संक्रमित थपिएका छन् । मोरङमा १३०, सुनसरीमा ११० र झापामा १०४ जनामा संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment