Comments Add Comment

हंगेरीसँग बराबरीमा रोकियो फ्रान्स

५ असार, काठमाडौं । एन्टोइन ग्रिजम्यानको गोलसँगै फ्रान्स युरोकप फुटबलमा हंगेरीसँग हारबाट जोगिएको छ । बुढापेष्टमा भएको खेलमा हंगेरीसँग १-१ को बराबरी खेल्दै फ्रान्सले अंक बाँडेको हो ।

घरेलु मैदान पुस्कास एरेनामा हंगेरीले पहिलो हाफको इन्जुरी टाइममा अग्रता लिएको थियो । रोलान्ड सलाईको पासमा अतिला फिओलाले गोल गर्दै अग्रता दिलाएका थिए ।
फ्रान्सले दोस्रो हाफमा बराबरी गोल फर्कायो । गि्रजमनले ६६औं मिनेटमा पेनाल्टी एरियाभित्र प्राप्त बलमा गोल गरे ।

युरोपकप २०२० को पहिलो खेलमा आत्मघाती गोलको मद्दतमा जर्मनीलाई १-० ले पराजित गरेको फ्रान्सले हंगेरीविरुद्ध पनि गोलका अरु अवसर सदुपयोग गर्न सकेन ।

बराबरीपछि ४ अंकसहित फ्रान्स समूह एफको शीर्ष स्थानमा छ । पहिलो खेलमा पोर्चुगलसँग ३-० ले पराजित भएको हंगेरीले १ अंकसहित तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment