+
+
Shares

नेशनल लाइफ इन्स्योरेन्सद्वारा ५६ लाख ३० हजार दाबी भूक्तानी

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ६ गते १३:४३

६ असार, काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाजिम्पाटस्थित आफ्नो भवनमा आज एक कार्यक्रम आयोजना गरी स्व. सूकूना गूरुङको मृत्यू दावी भूक्तानी गरेको छ । स्व.सूकूना गूरुङले सन् २०१९ जून ३ मा ५० लाख रुपैयाँ बराबरको दोहोरो दुर्घटना लाभसहितको १० वर्षे अमृत  जीवन वीमालेख खरीद गरेकी थिइन् ।

सन् २०२१ मे २८ मा निजको कोरोनाको कारणबाट मृत्यू भएकोले कम्पनीले वीमा दावी वापत ५६ लाख ३० हजार रुपैयाँ स्व. गूरुङको इच्छाइएको व्यक्ति निजको  छोरा बिजेन्द्र गुरुङलाई भूक्तानी गरेको हो । उक्त रकम नेशनल लाइफ इन्स्योरेन्सको बित्त विभाग प्रमूख प्रज्जवल सायमीले हस्तान्तरण गरे ।

कार्यक्रममा उक्त दावी आवश्यक कागजात प्राप्त भएको ५ दिनभित्र नै दाबी फर्छ्यौट गरिएको दाबी विभागका प्रमूख नबिन श्रेष्ठले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?