Comments Add Comment

डिजिटल कृषि हाटबजार ‘अर्बन बजार’ सञ्चालन हुने

६ असार, काठमाडौं । किसान र उपभोक्तालाई सिधै जोड्ने उद्देश्यले स्थापित अर्बन बजार १२ असारबाट सञ्चालनमा आउने भएको छ । पोखराका ४ जना युवा व्यवसायीहरुद्वारा सञ्चालित यस कम्पनीमा १ करोड रुपैयाँ लगानी रहेको कम्पनीका अध्यक्ष तिलक लामिछानेले जानकारी दिए ।

कृषकहरुले उत्पादन गरेका तरकारी, दुध, फलफूल, अन्य स्थानीय र मासुलाई सिघै उपभोक्तासम्म पुर्‍याउने योजना रहेको लामिछानेले जानकारी दिए । डिजिटल युगमा दैनिक उपभोग्य समान खरिद गर्न बजारसम्म जानुपर्ने बाध्यतालाई कम गर्न डिजिटल हाटबजारका रुपमा अर्बन बजार विकल्प बन्न सक्ने अर्का सञ्चालक दीपक सिंजालीले बताए ।

‘किसानका जुनसुकै उत्पादनलाई ग्रेडिङ तथा प्याकिङ गरी मूल्य र उपभोग्य मिति सहितको लेबर टाँसेर बजार पठाउँछौं,’ उनले भने । अर्गानिक तथा ननअर्गानिक गरी तरकारी तथा फलफूलको ग्रेडिङ गर्ने र गुणस्तरमा कुनै पनि सम्झौता नगर्ने उनको भनाइ छ ।

कम्पनीमा उपलब्ध हुने कृषि उत्पादन कृषि औजार, पशु आहार, बिउ बिजन, बेर्ना लगायतका बस्तु तथा उत्पादन अर्बन बजारको वेवसाइट www.urbanbazaar.com.np तथा मोबाइल एप डाउनलोड गरी खरीद गर्न किने भएको छ । टेलिफोनबाट पनि अर्डर गर्न सकिने सञ्चालक लामिछानेले जानकारी दिए ।

पहिलो चरणमा पोखरा र आसपासका क्षेत्रलाई लक्षित गरेर व्यवसाय सुरु गरिएको सञ्चालक बिजय बरालले जानकारी दिए । छिट्टै नेपालभरि यसका शाखा बिस्तार गर्ने योजनामा युवा व्यवसायी छन् ।

‘सामान डेलिभरी गर्ने समय, पारदर्शिता, स्वास्थ्य सुरक्षा तथा सेवा एवं गुणस्तरमा गम्भिर छौं,’ उनले भने, ‘यो डिजिटल युग हो । अब भान्सामै बसेर ग्राहकले अर्डर गर्न सक्नुहुन्छ र ग्राहकले चाहेको सामान भान्सामै पुर्‍याउने काम अर्बन बजारले गर्नेछ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment