Comments Add Comment

सौराहामा ४ हजारमा ३ रातका लागि कोठा

६ असार, काठमाडौं । जंगल सफारी लज सौराहा चितवनले आन्तरिक पर्यटकलाई लक्षित गरि ‘पे नाउ, गो लेटर’ अफर ल्याएको छ । योजना अन्तर्गत पर्यटकले तीन रातका लागि कोठाको मूल्य मात्र ४ हजार रुपैयाँमा पाउनेछन् ।

कोभिड-१९का कारण संकटमा परेको पर्यटन क्षेत्रलाई उकास्न होटलले आकर्षक योजना ल्याएको होटलका संचालक सुमन घिमिरेले बताए ।

‘कोभिडका कारण पर्यटन क्षेत्र तहसनहस भएको छ । यो क्षेत्रलाई उकास्न जसले जति सक्छ त्यसरी नै योगदान दिनुपर्छ भन्ने मान्यताका साथ हामीले यो योजना ल्याएका हौ,’ उनले भने । उनका अनुसार होटलको कोठामा ६२ प्रतिशत छुट दिइएको छ । कोठामा दुई वयस्क र एक बच्चा बस्न पाउनेछन् ।

यो योजनामा सहभागी हुन पर्यटकहरुले असार महिनाभरी प्याकेज खरिद गर्नुपर्ने हुन्छ । आफुले खरिद गरेको प्याकेज मितिको १ महिनापछि होटलमा आएर बस्न सकिने उनले बताए ।
योजना अन्तर्गत पर्यटकहरुले चैत २८ २०७८ सम्म प्रयोग गरि सक्नु पर्ने हुन्छ । योजनामा एक हजार जना सहभाागी गराउने घिमिरेले बताए । योजनामा ब्रेकफाष्ट उपलब्ध छैन ।

ग्रुप बुकिङमा समेत यो योजना लागु नहुने उनले बताए । उनका अनुसार पैसा तिरेका पर्यटकले १५ दिन अगावै होटलमा कोठा बुक गर्नुपर्नेछ ।

असारभित्र भौचर लिने ग्राहकमध्ये एक जनाले काठमाडौ-भरतपुर-काठमाडौ हवाई टिकट, एयरपोर्टबाट होटलसम्म गाडीको व्यवस्था, र तीन रात सम्म अनलिमिटेड वियर पुरस्कार स्वरुप पाउने छन् । योजना नेपाली नागरिक बाहेक नेपालमा रहेका प्रवाशी नेपालीले समेत भाग लिन पाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment