
६ असार, काठमाडौं । उपत्यका प्रशासनले हार्डवेयर पसल बिहान ११ बजेदेखि ६ बजेसम्म खोल्न दिने निर्णय गरेको छ ।
विकास निर्माणका काममा अवरोध नहोस् भनेर हार्डवेयर पसल खोल्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अनलाइनखबरलाई बताए । निर्माण सामग्री ढुवानी चाहिँ बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म गर्नुपर्नेछ ।
उनका अनुसार सरकारी कार्यालय पनि आलोपालो प्रणालीमा सञ्चालन गर्न दिने निर्णय भएको छ । ‘पहिले पनि अत्यावश्यक सरकारी कार्यालय चलेकै थिए, अब अन्य सरकारी कार्यालयलाई पनि स्वास्थ्य मापदण्ड पालना गरेर चलाउन दिने निर्णय भएको छ,’ पराजुलीले भने ।
प्रशासनले एक साता निषेधाज्ञा लम्ब्याएको छ । यसअघि कडाइ गरिएका धेरै प्रावधानहरु खुकुलो बनाइएको छ । जोर–बिजोर प्रणालीका आधारमा निजी सवारीसाधन पनि चल्न पाउनेछन् । पसलहरु सञ्चालनका लागि बार तोकिएको छ ।
प्रतिक्रिया 4