+
+

दीपक मनाङेले भेटे प्रचण्ड र बाबुराम

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ६ गते १८:३७

६ असार, काठमाडौं । गण्डकी प्रदेश सरकारका विना विभागीय मन्त्री दीपक मनाङेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेका छन् ।

शनिबार खुमलटारस्थित निवासमै पुगेर प्रचण्डसँग भेट गरेका मनाङे आइतबार भट्टराईनिवास पुगेका हुन् । अनलाइनखबरसँगको कुराकानीमा मनाङेले आफूले प्रचण्ड र बाबुराम भट्टराईसँग भेट गरेको पुष्टि गरे ।

दुवै नेतासँग गण्डकी प्रदेशको सत्तारुढ गठबन्धनको विषयमा छलफल भएको उनले बताए । ‘अहिलेसम्म भेट भएको थिएन, मैले पहिलेदेखि रेस्पेक्ट गर्ने नेता हो’ उनले भने ।

त्यस्तै भट्टराईसँगको कुराकानीमा आउँदो चुनाव जनता समाजवादी पार्टीसँग मिलेर लड्ने विषयमा छलफल भएको मनाङेले बताए ।

एमाले नेतृत्वको प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्री रहेका मनाङेले मुख्यमन्त्री पृथ्वी सुुब्बा गुरुङले विश्वासको मत माग्दा तटस्थ बसेका थिए । पछि नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?